सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दलको सदस्यता त्याग्दै शिक्षक

२०८१ असार ५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो समय मुलुकभरका ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मङ्गलबार एक सय दिनको उपलब्धि सार्वजनिक गर्नेक्रममा उक्त जानकारी दिनुभएको हो ।

मन्त्री श्रेष्ठले यस अवधिमा ४५ जना शिक्षकका सम्बन्धमा उजुरी प्राप्त भएको तथा ४२१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो । त्यस्तै चार जना शिक्षकले सफाइ पाएको तथा २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले गत फागुन २३ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । मन्त्रीको जिम्मेवारी सम्हाल्नेबित्तिकै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय आबद्धता त्याग गर्न आह्वान गर्नुभएको थियो ।

यसबिचमा शिक्षक सरुवासम्बन्धी निर्देशिका जारी गरिएको, शिक्षक सेवा आयोग नियमावली तथा शिक्षा नियमावली दसौँ संशोधन प्रक्रिया थालनी गरिएको, शिक्षकको दरबन्दी मिलानका लागि अध्ययन सुरु गरिएकोलगायतको विषयलाई मन्त्री श्रेष्ठले मुख्य उपलब्धि मान्नुभएको छ । गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

सफा हुदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय

भ्याली भ्यु स्कुल अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न, २७ विद्यालयका ४० विद्यार्थी सहभागिता

गण्डकी विश्वविद्यालयमा एशियामै पहिलोपल्ट एमआइटी एआई पढाइ हुने

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ : शिक्षामन्त्री भट्टराई

वातावरण संरक्षणका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ बन्ने अवसर

मोहरम पर्वको अवसरमा आज नेपालगन्जका शैक्षिक संस्था बन्द

‘कुमोन सिकाइ विधि’नेपालमा

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई