सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्व

२०८१ जेठ १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ। हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् ।

हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए। व्यास–१० बैरेनी, व्यास–७ कलेस्ती, व्यास–१२ छिर्कन र व्यास–१३ पोखरीभञ्ज्याङलगायतका स्थानमा विद्युत् सेवा अवरोध भएको उनले बताए।

यसैगरी, व्यास–११ बेल्टारीमा चारवटा विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरूद्ध भएको छ । “हुरीबतासले ठूला रुखसमेत ढालेका कारण सडक अवरुद्व भएको छ । राति १० बजेसम्म आठ–दश जनाको टोली खटिएर काम गरे पनि अवरोध हटाउन सकिएन”, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विदेशबाट आएका कामतको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

२० वर्षपछि विवाह गर्ने किशोरीलाई रु २० हजार

बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

पोखरिया नगरपालिकाको आठौ नगरसभा सम्पन्न,४७ करोड भन्दा बढीकाे बजेट प्रस्तुत

मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार

जङ्गलमा बसेका पाँच सय घर, टहरा भत्काइयो

मसलाको रुख निरुत्साहित गर्ने बर्दिवासको नीति तथा कार्यक्रममा समावेश

किसानलाई ६४ हजार डालेघाँसका बिरुवा वितरण

चित्लाङमा दूध दिने बाख्रा विकास गरिँदै

मेलम्ची खानेपानी आजदेखि बन्द हुने

बर्दियामा चट्याङ लागेर मृत्यु

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो