काठमाण्डौं: भष्ट्राचार, बढ्दो महंगी, तस्करी र कालोबजारी बिरूद्ध काँग्रेसका युवा संगठनले आईतबार बिरोध प्रदर्शन गरेका छन् । नेपाल तरुण दल केन्द्रिय समितीको आयोजनामा राजधानीको माईतिघर मण्डलामा भेला भएका उनीहरूले सरकारको विरोधमा खबरदारी र्याली प्रदर्शन गरेका हुन् ।
नेपाली काङ्ग्रेसको दोश्रो चरणको जागरण अभियान अन्तर्गत “भष्ट्राचार, बढ्दो महंगी, तस्करी र कालोबजारी, कम्युनिष्ट सरकारलाई तरूण युवाको खबरदारी” भन्ने व्यानर सहित सरकार विरोधि नारा लगाउँदै र्याली गरी बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।
तरूण दलका केन्द्रीय महासचिव भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा माईतिघरबाट शुरू गरेको र्याली नयाँ बानेश्वरमा पुगि कोण सभामा परिणत भएको थियो ।