सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँः मन्त्री सुडी

२०८१ जेठ ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परविर्तनका कारण हरेक वर्ष अप्रत्याशित घटना बढ्दै गएका बताउनुभएको छ ।

आजदेखि यहाँ सुरू भएको ‘हिमाल, मानव र जलवायु परिवर्तन ः विशेषज्ञहरुको अन्तरराष्ट्रिय संवाद’को उद्घाटन कार्यक्रममा उहाँले हिमाली देशमा जलवायु परिवर्तनले असर गर्ने प्रतिकूलता विश्वका अन्य क्षेत्रभन्दा बढी रहेकाले त्यसबाट जोगाउन आवश्इक रहेको बताउनुभयो । “म सबै हिमाली देश र विकसित देशलाई खुला हृदय र दिमागका साथ अनुकूलनका लागि थप वित्तीय स्रोत विनियोजन गर्न आग्रह गर्दछु ताकि हामी सामूहिकरूपमा जलवायु सङ्कटलाई सम्बोधन गर्न सकौंँ”, मन्त्री सुडीले भन्नुभयो, “हिमाली देशमा जलवायु परिवर्तनका प्रभाव, चुनौती र अवसरलाई सम्बोधन गर्न तपाईंको विशेषज्ञताले हाम्रो संवादलाई समृद्ध बनाउनेछ र आगामी दिनमा उपयुक्त जलवायु कार्य गर्नेछ ।”

जलवायु परिवर्तन एक विश्वव्यापी र अन्तरसम्बन्धित मुद्दा भएको उल्लेख गर्दै मन्त्री सुडीले हिमाली तथा टापु राष्ट्रहरू र त्यहाँका जनताले तापक्रम वृद्धि, अनियमित वर्षा, खडेरी र मरुभूमिकरण, पहिरो, बाढी, डुबान, आगलागी, हिमनदी पग्लिने र समुद्री सतहको वृद्धिजस्ता सङ्कट सामना गर्नु परिरहेका मबताउनुभयो । “आगामी जुन ५ मा जर्मनीमा हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद हुँदैछ । हिमालका विषयमा थप निर्णय लिन, हिमाली समुदायको जीवन र जीविकोपार्जनका लागि आर्थिक तथा अनुकूलन लक्ष्यलाई विस्तार गर्न अन्तर्राष्ट्रिय समुदाय र पक्षलाई आग्रह गर्दछु”, मन्त्री सुडीले भन्नुभयो ।

काठमाडौँमा जारी संवादलाई दिगो पर्वतीय विकासलाई प्रवर्द्धन गर्ने र यसअघि निर्धारण गरेका लक्ष्य सामूहिकरूपमा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ- प्रधानमन्त्री

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण र आपसी सहयोग आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

जलवायु परिवर्तनको समस्या समाधान गर्न सहकार्य आवश्यक छः वनमन्त्री साह

प्रधानमन्त्री दाहालसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको भेटवार्ता

काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणिन्द्रको प्रदेश सांसद पद

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण

चिनियाँ उपविदेशमन्त्री नेपालको भ्रमणमा

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा