सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सामुदायिक रेडियोको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

२०८१ जेठ ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार स्वतन्त्र सामुदायिक रेडियोको विकास तथा दिगोपनका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथाको २८औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।

“दक्षिण एसियाकै पहिलो स्वतन्त्र, सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम १०२ थोप्लो ४ मेगाहर्जको २८औँ स्थापना दिवसको जानकारी पाउँदा आफूलाई खुसी छ । रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको छ । साथै सूचना सम्प्रेषणका क्षेत्रमा पुर्‍याएको योगदान उदाहरणीय रहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

सन्देशमा उहाँले नेपालको अग्रगामी राजनीतिक परिवर्तन, द्वन्द्वको व्यवस्थापन, शान्ति स्थापना, समतामुलक समाज निर्माण, सामाजिक न्याय, लोकतान्त्रिक संस्कारको प्रवर्द्धन, विधिको शासन, दिगो विकास, वातावरण संरक्षण, मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत क्षेत्रमा रेडियोले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभएको छ ।

मुलुकले सामना गरिरहेका विद्यमान समस्या तथा तिनको समाधानका उपायसमेत जनतासम्म पुर्‍याउन रेडियो सगरमाथाको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देसमा उल्लेख छ । रेडियो सगरमाथाले आज जेठ ९ गते आफ्नो २८औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ- प्रधानमन्त्री

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण र आपसी सहयोग आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

जलवायु परिवर्तनको समस्या समाधान गर्न सहकार्य आवश्यक छः वनमन्त्री साह

प्रधानमन्त्री दाहालसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको भेटवार्ता

काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणिन्द्रको प्रदेश सांसद पद

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण

चिनियाँ उपविदेशमन्त्री नेपालको भ्रमणमा

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा