सदाबहार खबरको रफ्तार ....
असार ७, २०८१ शुक्रबार
June 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथाको आरोहण

२०८१ जेठ ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलो पटक सङ्गठनको प्रतिनिधित्व गर्नुहुँदै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उहाँले जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गर्नुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागबाट २०८० साल चैत्र २८ गते हिमशिखर आरोहण अनुमति प्राप्त गरी ‘एलिट एक्सपेड नेपाल एपिएफ सगरमाथा आरोहण २०२४’ नामक पर्वतारोही दलको नेतृत्व गर्नुहुँदै शेर्पा एक्सट्रिम प्रा.लि.मार्फत सशस्त्र प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उहाँले यस बिचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गर्नुभएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । गत जेठ ३ गते सशस्त्र प्रहरी निरीक्षक पौडेलसहितको आरोहण टोली सगरमाथाको चुचुरोतर्फ प्रस्थान गर्नुभएको थियो ।

सशस्त्र प्रहरी बल, नेपालले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउनुहुँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने सङ्गठनले अपेक्षा लिएको छ ।

हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले पर्वतिय उद्धार तालिम शिक्षालय स्थापना गरिसकिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरुप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्नेछ । विश्वको सर्वोच्च शिखर सगरमाथा सीमा क्षेत्र समेत रहेकाले नेपालको होचो भू–भाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाइसम्म सशस्त्र प्रहरी बल, नेपालको उपस्थितिको रुपमा समेत सङ्गठनले यसलाई लिएको छ ।

जेठ ७ गते सोमबार १०ः२० बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक पौडेलले उत्तरी सीमानामा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सीमाना नजिक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बि.ओ.पि. केचनाबाट सशस्त्र प्रहरी निरीक्षक केशव मैनाली कमाण्डको टोली पुग्नुभएको थियो ।

यसरी सबैभन्दा अग्लो र होचो भू–भागमा सशस्त्र प्रहरीका अधिकृत तथा गस्ती टोली एकै साथ पुग्नुभएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बलिवुड अभिनेता अनुपम खेरको अफिसमा चोरी

ट्रम्पलाई एक एक व्यक्तिले दिए ५ करोड डलर चन्दा

कृषिमन्त्री ज्वाला भन्छिन्- रासायनिक मलको अभाव हुँदैन

आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने : सञ्चारमन्त्री शर्मा

प्रहरी जवानद्वारा आत्महत्या

आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड

नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

बैदेशिक रोजगार उद्धार नेपालद्वारा प्रभु साहलाई सम्मान

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्माको इजलासमा

बालेन शाह ब्राजिल प्रस्थान

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन

आजको तपाईंको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल