सदाबहार खबरको रफ्तार ....
असार ७, २०८१ शुक्रबार
June 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुर्खेत बस दुर्घटना : दुईजनाको मृत्यु, २१ घाइते

२०८१ जेठ ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्दै आउनुभएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँले गाडीमा सवार अन्य २१ जना घाइते भएका, एक जना गम्भीर घाइते भएका र अन्य २० जनाको अवस्था सामान्य रहेको बताउनुभयो ।

घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको तर रूखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । तीव्रगतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

आजदेखि उपत्यकामा मेलम्चीको पानी बन्द

गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

भरतपुरमा श्री एयरको परीक्षण उडान शुरु

व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी

बागमतीका छ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत

वीरगञ्जमा रहेको संकल्प लोकसेवामा आगलगी हुँदा लाखौको क्षति

नहरमा डुबेर कञ्चनपुरमा बालकको मृत्यु

सर्लाहीमा दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको बागमतीमा सवारी दुर्घटना : तीन जनाको मृत्यु, दर्जनौँ घाइते