सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कर्मचारीको तलब समायोजन गर्न ‘लबिङ’

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः निजामती कर्मचारीका ट्रेड युनियनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कर्मचारीको तलब वृद्धिभन्दा पनि समायोजनका लागि सरकारसँग ‘लबिङ’ गर्न थालेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला ट्रेड युनियनहरूले तलब वृद्धिभन्दा पनि तलब समायोजनलाई प्राथमिकतामा राखेका छन् ।

आगामी आव २०८१/८२ मा कर्मचारीको तलब वृद्धि गर्ने वर्ष भए पनि ट्रेड युनियनहरूको ध्यान भने कर्मचारीको तलब वृद्धितर्फ नभई तलब समायोजन गर्न सरकारसँग ‘लबिङ’ मा लागेका हुन् । अहिले समान मर्यादाक्रम भएका सुरक्षा निकायका कर्मचारी र निजामती कर्मचारीको तलब सुविधा फरक फरक भएकाले निजामती कर्मचारी तथा सुरक्षा निकायका कर्मचारीको तलब सुविधा समायोजन गर्न ट्रेड युनियनले सरकारसँग लबिङमा सक्रिय भएको ट्रेड युनियनका अध्यक्षहरूले स्पष्ट पारेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले आगामी आर्थिक वर्ष कर्मचारीको तलब वृद्धि गर्ने वर्ष भए पनि तलब वृद्धिसँगै तलब समायोजन गर्ने विषयलाई सङ्गठनले प्राथमिकताका साथ अगाडि बढाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनभित्रमा नै हामी अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीबिच आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको सेवा सुविधा, तलब वृद्धि र समायोजनका बारेमा बृहत् रूपमा छलफल गरी निष्कर्ष निकाल्दै छौँ ।”

उहाँका अनुसार सरकारको आर्थिक अवस्था, तलब वृद्धि हुँदा र नहुँदाको फाइदा र बेफाइदाका बारेमा छलफल गरी उक्त छलफलको निष्कर्ष सरकारलाई बुझाउने तयारी सङ्गठनले गरेको छ ।

सरकारले डेढ वर्ष अगाडि गठन गरेको उच्चस्तरीय तलब सुविधा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पनि निजामती कर्मचारी र सुरक्षा निकायका कर्मचारीको तलब सुविधा समायोजन गर्न सुझाव दिएको थियो । उक्त प्रतिवेदनका आधारमा ट्रेड युनियनहरूले  तलब वृद्धि र समायोजनका लागि लबिङमा लागेका हुन् गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास