सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

२०८१ बैसाख २२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ ।

सहभागिताको मात्रा र परिमाणका हिसाबले यो अभ्यास पहिलो भएको निर्वाचन आयोगले जनाएको छ । आमन्त्रित प्रतिनिधिहरूले भुटान, मङ्गोलिया, अष्ट्रेलिया, मडागास्कर, फिजी, किर्गिज गणतन्त्र, रुस, माल्डोभा, ट्युनिसिया, सेशेल्स, कम्बोडिया, नेपाल, फिलिपिन्स, श्रीलङ्का, जिम्बाब्वे, बङ्गलादेश, काजाकिस्तान, जर्जिया जस्ता २३ देशका विभिन्न इएमबीएस र सङ्गठनहरूको प्रतिनिधित्व गर्छन् ।

यी २३ राष्ट्रका साथमा इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स (आइएफइएस) का सदस्यहरू तथा भुटान र इजरायलका मिडिया टोलीहरू पनि सहभागी हुनेछन् ।

भारतको निर्वाचन निकायले उच्च मापदण्डको आम चुनाव गराउने आफ्नो प्रतिबद्धताको उदाहरण दिने र इएमबीएसलाई लोकतान्त्रिक उत्कृष्टताको प्रत्यक्ष साक्षीका लागि सुनौलो पुल प्रदान गर्ने भनेको छ ।

जारी लोकसभा चुनाव सन् २०२४ को समयमा ‘चुनावी आगन्तुक कार्यक्रम’ (आइइविपी) आयोजना गरेर अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिइरहेको भारतको निर्वाचन आयोग (इसिआई) ले एक विज्ञप्तिमार्फत उल्लेख बताएको छ ।

मे ४ मा सुरु हुने कार्यक्रमले विदेशी इएमबीएसलाई भारतको निर्वाचन प्रणालीका सूक्ष्मताका साथै विश्वको सबैभन्दा ठूलो लोकतन्त्र (भारत) ले प्रयोग गर्ने उत्कृष्ट अभ्यासहरूबारे परिचित गराउन खोजेको इसिआईले जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त राजीव कुमार तथा निर्वाचन आयुक्तद्वय ज्ञानेश कुमार र डा सुखवीर सिंह सन्धुले मे ५ मा प्रतिनिधिहरूलाई सम्बोधन गर्नुहुनेछ ।

त्यसपछि प्रतिनिधिहरू साना समूहमा छ वटा राज्य महाराष्ट्र, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतदान र सम्बन्धित तयारीहरू अवलोकन गर्न प्रस्थान गर्ने र सो कार्यक्रम मे ९ मा समापन हुनेछ ।

अप्रिल १९ देखि सुरु भएको निर्वाचन सात चरणमा सञ्चालन भइरहेको र लोकसभा चुनाव जुन १ मा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दक्षिण अफ्रिका आम निर्वाचनः बिहानैदेखि मतदान

भारत र बङ्गलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

परिवारका ८ सदस्यको हत्या गरी युवकले गरे आत्महत्या

उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दक्षिण कोरियाको दावी

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

प्यालेस्टाइनलाई राज्यको मान्यता अभियानलाई संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

सर्वोच्च अदालतद्वारा केजरीवालको अन्तरिम जमानत लम्ब्याउने निवेदन खारेज

दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर- युनिसेफ

बेलायती वैज्ञानिकको दावी- कोरोना जस्तो अर्को महामारी आउने पक्का

अमेरिकाको टेक्सासमा आँधी, सात लाख ग्राहक विद्युत्विहीन

रफाहमा इजरायली आतङ्क अन्त्य हुनुपर्छ : राष्ट्रसङ्घीय महासचिव गुटेरेस

पपुपा न्यूगिनिमा सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी