सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इन्ट्रा फाउण्डेसनद्वारा एम्बुलेन्स प्रदान

२०८१ बैसाख ८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरलाई प्रदान गरिएको छ । दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई आज एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले मोरङको पथरी शनिश्चरे–१० मा स्वास्थ्य चौकीको शुभारम्भ समेत गर्नुभयो । भुटानबाट नेपाल हँुदै तेस्रो मलुक पुनःस्थापनाका क्रममा छुटेका भुटानी शरणार्थीलाई लक्षित गर्दै स्वास्थ्य चौकी सुरु गरिएको हो । इन्ट्रा फाउण्डेशन र डिल्ली अधिकारीको सामुदायिक परियोजनाअन्तर्गत शिविरमा पाँच शय्याको स्वास्थ्य चौकी सुरु गरिएको जनाइएको छ ।

त्यसअवसरमा मुख्यमन्त्री कार्कीले विश्वभरि छरिएर रहेका नेपाली लगानीकर्ताका लागि कोशी प्रदेशमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले कोशी प्रदेशमा लगानी गर्न आग्रह गर्दै लगानीका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले इन्ट्रा फाउन्डेसन र संस्थापक डिल्ली अधिकारीले पु¥याउनुभएको योगदानको चर्चा गर्दै शिविर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने समेत उल्लेख गर्नुभयो ।

इन्ट्रा फाउण्डेशनका संस्थापक डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई एकजुट गराउने उद्देश्यका साथ इन्ट्रा फाउण्डेसन अफ अमेरिकाको स्थापना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इन्ट्रा फाउण्डेशनले विश्वका जहाँ–जहाँ नेपाली छन् त्यहाँ–त्यहाँ नेपालीको पहिचान र संरक्षणका लागि काम गर्दै आएको छ । यसको मूल उद्देश्य नेपाल र नेपालीको सेवा गर्नु हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बिरामी लाभान्वित

काठमाडौँका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने

रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

बागलुङका ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै

देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

हुम्लामा औषधि अभाव, बिरामी मर्कामा

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

सेनाको स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो: उपराष्ट्रपति यादव

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित