सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगतको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख

२०८१ बैसाख ८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुर्खेतको १२औँ अधिवेशन तथा साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगत्को ठूलो भूमिका रहेको बताउनुभयो ।

प्रदेश प्रमुख परियारले समाजमा सुशासन कायम गर्दै लोकतन्त्रको रक्षा गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान हुने बताउनुभयो । “नेपाल पत्रकार महासङ्घ श्रमजीवी पत्रकारहरुको छाता संस्था हो”, उहाँले भन्नुभयो, “यसले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझ भूमिका खेल्दै आएको छ । पत्रकार र सञ्चारमाध्यम नै राष्ट्रका सच्चा सहरेदार हुन् ।”

प्रदेश प्रमुख परियारले नीति, नेतृत्व र समग्र राज्यव्यवस्थालाई सही मार्गमा डो¥याउने, समाजमा भएका सकारात्मक विषय उठान गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई अनुरोध गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले लोकतन्त्र र सङ्घीयतामाथि भइरहेका टिप्पणीको विश्लेषण गर्दै कलमका माध्यमबाट यसको रक्षा एवं प्रवर्द्धनमा सहयोग पुर्याउन सुझाव दिनुभयो । लोकतन्त्रको विकल्प खोज्ने नभई यसको अभ्यास र कार्यान्वयनका क्षेत्रमा देखिएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने गरी पत्रकारले पृष्ठपोषण दिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठूलो चुनौती बन्दै गएको बताउँदै यसलाई आकर्षण थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले पत्रकारिता क्षेत्रले खेलेको सकारात्मक भूमिकाले नै मुलुकको समृद्धि र विकासमा सहयोग पुगेको बताउनुभयो ।

साधारणसभामा आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, जिल्लास्थित प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, पेसागत सङ्गठनका केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी, महासङ्घका पूर्वअध्यक्षहरुलगायत करिब एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँः मन्त्री सुडी

भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध

सहकारी प्रकरणमा सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय

सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरियो- उपेन्द्र यादव

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

सामुदायिक रेडियोको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन

केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा

पोलको भाडा बुझाउन टेलिकमको आग्रह, नबुझाएमा सबै तार हटाउने चेतावनी

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिदै

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम