सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन सुरू (फोटोफिचर)

२०८१ बैसाख ८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु भएको छ ।

आज देखी सुरु भएको सो बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधिले सहभागी जनाउँदैछन । शनिबारदेखि सुरू हुने प्रतिनिधि परिषदको बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।

महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्नेसमेत बताए ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए ।  यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।

बैठकको अन्तिम दिन एकजना विशिष्ट व्यक्तिलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरिने उनले बताए । कार्यक्रममा अध्यक्ष ओलीका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य पार्टीका शिर्ष नेताहरुलाई निमन्त्रणा पठाइ सकिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी दुताबासले भन्यो- ‘प्रेस स्वतन्त्रताका लागि नेपाल सरकार र जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा छ’

प्रहरी नायव निरीक्षकमा १६९ जना बढुवा सिफारिस (सूचीसहित)

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको आग्रह

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई ‘अग्नि सुरक्षा सम्बन्धी’ तालिम

डीपी अर्यालको सम्पत्ति: १२ ठाउँमा जग्गा, १५० तोला सुन (विवरणसहित)

गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति ?

प्रधानमन्त्रीको सम्पति कति छ ?

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथाको आरोहण

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

बागमती प्रदेशका विषयगत समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ