सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चेन्नईले लखनउलाई दियो १७७ रनको लक्ष्य, आज पनि धोनीको आक्रामक ब्याटिङ

२०८१ बैसाख ७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

लखनउका टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । उसका लागि रवीन्द्र जडेजाले अविजित ५७, अजिंक्य रहाणेले ३६, मोइन अलीले ३० र कप्तान रुतुराज गायकवाडले १७ रन बनाए । यस्तै, महेन्द्र सिंह धोनीले आज आक्रामक ब्याटिङ गरे ।

उनले लखनउविरुद्ध ९ बलमा तीन चौका र दुई छक्काको सहयोगमा अविजित २८ रन बनाए । धोनीले पछिल्लो खेलमा मुम्बईविरुद्ध ४ बलमा अविजित २० रन बनाएका थिए ।

जारी सिजनमा तेस्रो स्थानमा रहेको चेन्नईले ६ खेल खेल्दा चारमा हार तथा दुई खेलमा हार बेहोरेको छ । यस्तै, लखनउले ६ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ । ऊ तालिकाको पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई हटायो

कोलकाता नाइट राइडर्स आइपिएल क्रिकेटको फाइनलमा

बङ्ग्लादेश र अमेरिकाबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि

सन्दीपलाई अमेरिका पठाउन क्यानले अगाडि बढायो भिसा प्रक्रिया

आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स भिड्दै

राखेपको मिसन २०२६ का लागि ५ खेल थपियो

राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी