सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

२०८० चैत्र १२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

जिल्लामा एक सय सात खोप केन्द्र तोकिए पनि एक सय ६ खोप केन्द्रबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । ती खोप केन्द्रमा पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका उहाँले बताउनुभयो ।

हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ हजार दुई सय १२ रहेको छ । बालिकाको सङ्ख्या दुई हजार चार सय ७७ तथा बालकको सङ्ख्या दुई हजार पाँच सय २३ रहेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी र सर्केगाडका केही बालबालिका खोप लगाउनबाट छुटेका भए पनि लक्ष्यअनुसार खोप लगाएको प्रमुख सिंहले बताउनुभयो ।

जिल्लाका १८ प्रतिशत बालबालिका दादुरा–रुबेलाविरुद्धको खोप लगाउनबाट वञ्चित छन् । जिल्लाको लिमीका ५४ बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोपका साथै अन्य नियमित खोपसमेत लगाउन पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

हुम्लामा औषधि अभाव, बिरामी मर्कामा

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

सेनाको स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो: उपराष्ट्रपति यादव

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग