सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आज चार प्रदेशमा पानी पर्ने

२०८० चैत्र ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी  प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशको एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

राप्रपाको काठमाडौँ केन्द्रित जनप्रदर्शनका क्रममा घाइते डाँगीको मृत्यु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री पुग्दै

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

नागढुङ्गा सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै

कस्तो छ आजको मौसम ?

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

हरियो तरकारी तथा फलफुलको यस्तो छ आजको मूल्य