सदाबहार खबरको रफ्तार ....
भाद्र ३०, २०८१ आइतबार
September 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सशस्त्र आईजिपी अर्यालद्धारा राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सरोकारवालासँग ‘राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया गर्नुभएको छ ।

शुक्रबार पर्सा जिल्लाको विरगंज महानगरपालिका–४ बिर्तास्थित विरगंज उद्योग वाणिज्य संघको सभाहलमा महानिरीक्षक अर्यालले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण र चोरीपैठारी निकासी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको कर्तव्य, जिम्मेवारी र सीमा सुरक्षामा सीमा वासीहरुको सहयोगको बारेमा छलफल गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा महानिरीक्षक अर्यालले राजश्व चुहावट नियन्त्रण गरी राजश्व बढाउने बिषयमा सरोकारवाला सबैको सहकार्य र समन्वय जरुरी रहेको बताउनुभएको थियो भने पर्सा तथा बारा जिल्लाका प्रमख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष, भन्सार अधिकृत र राजश्व अनुसन्धान कार्यालयका प्रमुखहरुले समेत आ–आफ्नो धारणा समेत राख्नुभएको थियो ।

सोही अवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतीमा निर्माण गरिएको वाटर फाउन्टेन (Water Fountain)को समेत उद्घाटन गर्नुभएको थियो ।
त्यसैगरी सीमा सुरक्षा बिभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा सोही जिल्लाको छिपरमाई गाउँपालिका–५ छोटी भन्सार कार्यालय भिष्वामा नं. १३ गण पर्साको आयोजना तथा प्रभु अस्पताल एण्ड रिसर्च प्रा.ली. विरगंज र सामुदायिक आँखा उपचारकेन्द्र पर्साको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत संचालन गरिएको स्वास्थ्य शिविरमा महिला, पुरुष, बृद्धबृद्धा तथा बालबालिका गरी कुल ६ सय ३ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

त्यसैगरी नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सर्वसाधारणहरुको लागि निर्माण गरिएको चापाकलको समेत उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय भद्रभलाद्‍मी र संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पठाओ चालकले भेट्टाइदिए अमेरिकाबाट आउँदा बेपत्ता भएका भनिएका दण्डपाणिलाई

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने

आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

कालीगण्डकी करिडोरः घरटहराको क्षतिपूर्ति वितरण

बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा सञ्चालन

‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’

गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता

दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन