सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आफूमाथि प्रश्न उठिसकेपछि पनि गृहमन्त्री पदमा बसिरहनुको पछाडि केही रहस्य छ: शेखर कोइराला

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा एक मिनेट पनि पदमा बस्न छुट नभएको बताएका छन्।

शनिबार काठमाडौंमा पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले सडकदेखि संसदसम्म विरोध भइरहँदा पनि गृहमन्त्री लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन? भन्दै प्रश्न समेत गरे।

नेता कोइरालाले गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपमा अनुसन्धान गर्न दिएर नैतिकता देखाउनुपर्ने जिकिर गरे। कोइरालाले भने,’ तत्कालका लागि अनुसन्धानमा सहयोग गरेर यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भइहाल्यो नि।’

उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौंबासी चुपचाप बसिरहेको देख्दा अचम्म लागेको बताए। हरेक परिवर्तनमा काठमाडौंबासीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै नेता कोइरालाले अबका दिनमा उनीहरूको आवश्यकता रहेको उल्लेख गरे।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ। समिति नबने संसद चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन उच्चको आदेश

नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामाः अध्यक्ष घिमिरे

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

सांसदहरूलाई ओलीको निर्देशन: पार्टीको अनुमति बिना विदेश नजानू

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ : प्रमुख आयुक्त थपलिया

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौं- परराष्ट्र

भीम रावलको टिप्पणी- सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित

पाँच जना सचिवको सरूवा

बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली

देउवाले भने, राजा फर्काउने कुरा असम्भव