सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नाउपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच भेटवार्ता भएको छ । शनिबार उनीहरुबिच भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवम् टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए ।

नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको मेयर डंगौराले बताए । यद्यपि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको मेयर डंगौराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबि, अब के हुन्छ ?

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्योः एमाले सचिवालय बैठक

साना र मध्यम व्यवसायलाई पनि लगानी सम्मेलनले समेट्नुपर्छः पूर्वप्रम भट्टराई

भीम रावलको टिप्पणी- सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

नाउपाका लक्ष्मणकिशोर पुगे प्रदेश प्रमुख कार्यालय

कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो

पूर्वप्रधानमन्त्री खनाल र सचिव शाहलाई निर्वाचनको जिम्मेवारी

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

कांग्रेस संसदीय दलको बैठक बस्दै

एमालेले जनताका मुद्दा सम्बोधन गर्छः उपमहासचिव ज्ञवाली