सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपप्रधानमन्त्री महासेठद्वारा नेपाल रेल सेवाको निरीक्षण

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शनिबार नेपाल रेल्वेको कुर्था-जनकपुर-जयनगर रेल सेवाको निरीक्षण गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, रेल विभागका महानिर्देशक रोहित कुमार विसुराल, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा सहितको उच्च पदस्थ कर्मचारीहरूको टोली सहित आज बिहान ८ः३० बजेको रेलमा यात्रा गरी रेल्वेको जनकपुर जयनगरको बिचमा पर्ने विभिन्न स्टेसनको निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा धनुषा निर्वाचन क्षेत्र नं.२ को खजुरीमा नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य लखन दासले भव्य स्वागत गर्नुभएको थियो । प्रदेश सभा सदस्य दासकोको नेतृत्वमा सयौँको सङ्ख्यामा रहेका आम नागरिक र एमालेका नेता कार्यकर्ताले उपप्रधान मन्त्री महासेठ नेतृत्वको टोलीलाई फूलको माला अबिर लगाएर स्वागत गरेका थिए ।

निरीक्षणको क्रममा मन्त्री महासेठलाई धनुषाको खजुरीमा स्थानीय बासिन्दाले सो क्षेत्रमा कमला नदीमा बाढी आएपछि आम नागरिकले भोग्दै आएको समस्याको बारेमा जानकारी गराउनुभएको थियो । निरीक्षणको क्रममा उपप्रधानमन्त्री महासेठले नेपाल रेल्वेको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निकट भविष्यमा रेल यात्रीको चाप हेरेर सरकारले थप बोगीको व्यवस्थापन गर्न सकिने जानकारी गराउनुभयो ।

रेल सेवा सञ्चालनले खास गरेर धनुषाको पूर्वी क्षेत्रका बासिन्दा लाभान्वित भएको भन्दै उपप्रधानमन्त्री महासेठले जनकपुर जयनगर रेल सेवाका कारण भारतीय पर्यटकको आगमन जनकपुरधाममा बढेको भने बारे जानकारीमा आएको र यो जनकपुरधामको लागि सुखद रहेको बताउनुभयो । उहाँले महोत्तरीको जलेश्वरमा सुख्खा बन्दरगाह आवश्यक भएको भन्दै विगतमा यसको चर्चा भए पनि कति बढ्यो बढेन भने विषयमा आफूले सम्बन्धित मन्त्रालयबाट जानकारी लिने जानकारी गराउनुभयो ।

उहाँले आफू मन्त्री भएपछि पूर्वाधार निमार्णको कामले गति लिएको भन्दै बजेटको अभावमा काम रोकिएका आयोजनाहरूको लागि अगामी बजेटमा बजेट व्यवस्थापन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उपप्रधानमन्त्री महासेठ सँगै नेकपा एमाले मधेस प्रदेश संसदीय दलका उपनेता एवं प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर ,धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रदेश सभा सदस्य लखन दास सहितका नेताहरूको सहभागिता रहेको थियो । गोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेप्सेमा सामान्य गिरावट

टीकापुर उद्यानमा एकै दिन ३ लाख सङ्कलन

नयाँवर्षको पहिलो दिन लुम्बिनीमा घट्यो चहलपहल, कोषको ८ वर्ष यताको तथ्यांक यस्तो छ

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

डलरको मुल्य कति, यस्तो छ आजको विनिमयदर ?

पर्यटन राजधानी पोखरामा नयाँ वर्षको भव्य स्वागत

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

हुरीले हवाई उडान प्रभावित

‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’

सुनको मुल्यमा सामान्य गिरावट

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द