सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अझै तीन दिन पानी पर्ने पूर्वानुमान

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ । मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको  छ ।

“कोशी  प्रदेशका केही स्थानमा, मधेस, बागमती र गण्डकी  प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक-दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

राप्रपाको काठमाडौँ केन्द्रित जनप्रदर्शनका क्रममा घाइते डाँगीको मृत्यु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री पुग्दै

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

नागढुङ्गा सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै

कस्तो छ आजको मौसम ?

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

हरियो तरकारी तथा फलफुलको यस्तो छ आजको मूल्य