सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तनहुँमा बस दुर्घटना,६ जना चिनियाँ पर्यटक घाइते

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना भएको छ। शनिबार विहान म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो।

पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ छुटेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

२६ जना यात्रु सवार बसमा ६ जना चिनियाँ पर्यटक घाइते भएको उनले जानकारी दिए। घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौैछायो लि रहेका छन्।

घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको छ। ‘चालकलाई नियन्त्रणमा लिएका छौं। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

हरियो तरकारी तथा फलफुलको यस्तो छ आजको मूल्य

भारतमा चटयाङ लागेर २ बालकको मृत्यु

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

काठमाडौँ महानगरका सार्वजनिक पर्खालहरुमा भित्ते चित्र

यी पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना

आज तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

झुलाघाट नाका मंगलबारदेखि बन्द हुने

इलाममा मदिरा बिक्री–वितरणमा रोक

२९औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु