सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आईपीएल क्रिकेट: आज पञ्जाव र दिल्ली तथा कोलकाता र हैदराबाद खेल्दै

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे पञ्जाव र दिल्लीबिच हुनेछ । पञ्जावको कप्तान शिखर धवन र दिल्लीको ऋषभ पन्त छन् । पन्त झण्डै डेढ वर्षपछि मैदान फर्किदैछन् । सन् २०२२ को डिसेम्बरमा दुर्घटनामा परेसँगै उनी मैदान बाहिर थिए ।

आजको दोस्रो खेलमा राती पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । कोलकाताको कप्तानी श्रेयस ऐर र हैदराबादको प्याट कमिन्सले गर्नेछन् । कोलकातामा आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी अष्ट्रेलियाका मिचेल स्टार्क छन् । उनलाई कोलकाताले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो ।

त्यस्तै अस्ट्रेलिया क्रिकेट टोलीका कप्तान कमिन्स आईपीएल इतिहासकै दोस्रो सर्वाधिक महँगा खेलाडी हुन् । उनलाई हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो । हिजोदेखि शुरु भएको आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । उसले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ४ विकेटले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि धिर बुढालाई

फेलिक्सको गोलमा बार्सिलोना विजयी

विभागीय डर्बीमा एपिएफ विरुद्ध जीत निकाल्दै पुलिस फाइनलमा

जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा

लेखनाथ हाफ म्याराथनको उपाधी नेपाली सेनाका सञ्जयले जिते

सिटीको शानदार जित

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

कतारविरुद्ध आसिफले बनाए अर्धशतक