सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नयाँ सत्ता समीकरणको ध्येय समाजवादी मोर्चा बनाउनु होइन: महासचिव पोखरेल

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नेपाल कम्युनिष्ट पार्टी [एमाले]का महासचिव शङ्कर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पार्नुभएको छ ।

एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष र पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागि मात्र बनेको बताउनुभयो ।

उहाँले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेकोसमेत स्पष्ट पार्नुभयो । “समाजवादी मोर्चा र वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने उद्देश्यका लागि अहिलेको सत्ता समीकरण बनेको होइन”, उहाँले भन्नुभयो, “अहिले संसद्मा रहेको वामपन्थी दलहरूमात्रै मिलेर वैकल्पिक सरकार बनाउने अवस्था पनि छैन, मुलुकलाई नयाँ ढङ्गबाट चलाउनका लागि नयाँ समीकरण बनेको हो ।”

महासचिव पोखरेलले स्थानीय तहले जनतामा आशा जगाउने काम गर्नुपर्ने जनाउँदै पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्रीमा एउटै पार्टीका दुई सांसदको दाबी

सर्वोच्चको सोध्यो: छायाँ सेन्टर बनेको जग्गा व्यक्तिको नाममा कसरी दर्ता भयो ?

छोरी शिक्षा बिमा अघि बढाऊ

डोल्पामा डढेलोले सातामै लियो ६ को ज्यान

दुई लाख मतपत्र छापिँदै

चैते धान रोपाइँमा किसान व्यस्त

उद्धार केन्द्रमै मर्न थाले पाटेबाघ

‘कोमा’ मा सिंहदरबार वैद्यखाना

द्वन्द्वपीडितको माग स्वास्थ्य शिक्षा र रोजगारी

दरबारमार्ग र ठमेल अब २४सै घण्टा खुला

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

पार्टी अध्यक्षताको मान्यता पाउन चौधरी सर्वोच्चमा