सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

२०८० चैत्र ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा सरकारको नाममा फिर्तासमेत ल्याएको उहाँले जानकारी दिनुभयो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । भूमि सुधार तथा मालपोत कार्यालयको आज बसेको वैठकले सो जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

सिआइबीले तीन महिनाभन्दा बढीको समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो । कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो ।

मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो । मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानुनबमोजिम हुने भन्दै पत्र काटेको थियो । टोखा नगरपालिका–६ का अध्यक्षको रोहबरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको नाममा पत्र काटेको थियो । उक्त पत्रको विरूद्धमा सञ्जयले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

उखु महोत्सवबाट किसान उत्साहित

सशस्त्र प्रहरीद्वारा जानकी मन्दिरमा सरसफाई

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौंका यी स्थानमा आज ९ घन्टा विद्युत अवरुद्ध हुने

यी प्रदेशमा वर्षाको सम्भावना

लापसे चेकिङमा ५ चालक नियन्त्रणमा