सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कार्यकारी अध्यक्षद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

२०८० चैत्र ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं वरिष्ठ साहित्यकार धर्मेन्द्र झाद्वारा लिखित कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोटमा आज आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, एमनेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकी, पत्रकार महासङ्घका केन्द्रीय सचिव सृजना अर्याललगायतले संयुक्तरूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।

मिथिला नाट्यकला परिषद्द्वारा प्रकाशित कविता सङ्ग्रहभित्र विभिन्न शीर्षकका ५१ रचना समावेश गरिएका छन् । कार्यकारी अध्यक्ष झाले विसं २०४७ देखि २०६७ सम्मको अवधिमा लेखिएका रचना कविता सङ्ग्रहमा समावेश गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आम मानिसको समस्यालगायत विविध विषयवस्तुलाई रचनामा उठान गरिएका छन् ।”

पुस्तक प्रकाशन भएको करिब छ महिनापछि वरिष्ठ पत्रकार र मानवअधिकारकर्मीको बीचमा पुस्तक सार्वजनिक हुनु महत्त्वपूर्ण भएको उहाँको भनाइ थियो । “दुई दशक समयको रचना एउटै शीर्षकमा लेखिएको यो पुस्तक मैथिली साहित्यमा मात्रै नभएर सम्भवतः नेपाली साहित्यमा नै पहिलो हुनसक्छ”, उहाँले भन्नुभयो, “देशको केन्द्रमा पर्ने नवलपुरले नेपालको सबै भागलाई जोड्ने भएका कारण यस ठाउँलाई पुस्तक लोकार्पणका लागि छनोट गरेको हो ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य डा योगेन्द्रप्रसाद यादव, वरिष्ठ कवि तथा सञ्चारकर्मी डा नवराज लम्साल र मैथिली कवियत्री विभा झाले कविता सङ्ग्रहमा भूमिका लेख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

नेता महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

अन्तर्राष्ट्रिय कवि सम्मेलन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

तीन सर्जकका तीन कृति लोकार्पण

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

गीतकार थापा र गायिका देशार सम्मानित

‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश

बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन

साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार

‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ सार्वजनिक

पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति