सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मिटरब्याज पीडितका समस्या समाधान गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन

२०८० चैत्र ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रण लागि तीन महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्न आयोगलाई सुझाव दिइएको छ। आयोगको सदस्यमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र छन्।

यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो। सो आयोगले समस्या समाधान नगरेको भन्दै मिटरब्याज पीडितहरू पैदल हिँडेर काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका थिए। लामो समयसम्म आन्दोलन जारी राखेका मिटरब्याज पीडित र सरकारबीच नयाँ आयोग गठन गर्ने सहमति भएको थियो।

सोही सहमतिअनुसार सरकारले नयाँ आयोग गठन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन उच्चको आदेश

नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामाः अध्यक्ष घिमिरे

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

सांसदहरूलाई ओलीको निर्देशन: पार्टीको अनुमति बिना विदेश नजानू

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ : प्रमुख आयुक्त थपलिया

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौं- परराष्ट्र

भीम रावलको टिप्पणी- सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित

पाँच जना सचिवको सरूवा

बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली

देउवाले भने, राजा फर्काउने कुरा असम्भव