शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः लागुऔषधसहित बाग्लुङका एक वडाअध्यक्ष पक्राउ परेका छन्।
निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यबहादुर घर्तीलाई बिहीबार राति इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो।
उनीसँग प्रहरीले गाँजासहित केही लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। सबै विवरण पत्रकार सम्ममेलन गरेर खुलाइने जिल्ला प्रहरी कार्यालय, बाग्लुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिएका छन ।
