सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजा ज्ञानेन्द्रमाथि अनावश्यक आरोप नलगाउन कमल थापाको आग्रह

२०७६ असोज १, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशै लगत्तै भ्रष्टाचार विरुद्ध आन्दोलन शुरू गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बुधबार बिशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष थापाले नेपालमा सनातन हिन्दु राष्ट्र कायम गर्नु पर्ने भन्दै राजादेखि बिप्लवसम्म अटाउन सक्ने बहस गर्नु पर्ने बताए । उनले भने वर्तमान दुइ तिहाइको सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको उल्लेख गर्दै भने संविधान मानिरहेका राजा ज्ञानेन्द्रमाथि अनावश्यक आरोप नलगाउन पनि आग्रह समेत गरे ।

थापाले दुइ तिहाइको सरकारले देशमा गरेको भष्टाचारको फेरिस्त समेत सुनाउन भ्याए । NCELL कर छली काण्ड बालुवाटार सरकारी जग्गा काण्ड र बाईडबडि खरिद काण्डमा अरबौ रुपैयाँ भष्टाचार भएको समेत बताए । यसको लागि राप्रपाले विजया दशमीपछि भ्रष्टाचार विरुद्ध आन्दोलन शुरू गर्ने बताएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सबैको रहेको भन्दै थापाले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) को तुरुन्त रिहाइको समेत माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ- प्रधानमन्त्री

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण र आपसी सहयोग आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

जलवायु परिवर्तनको समस्या समाधान गर्न सहकार्य आवश्यक छः वनमन्त्री साह

प्रधानमन्त्री दाहालसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको भेटवार्ता

काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणिन्द्रको प्रदेश सांसद पद

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण

चिनियाँ उपविदेशमन्त्री नेपालको भ्रमणमा