सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुशान्त आत्महत्या: सलमान खान, करण जौहर र एकता कपुर लगायत ८ जनाविरुद्ध मुद्दा

२०७७ असार ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: सुशान्तसिंह राजपूतको सुसाइड मामिलाले नयाँ मोडमा लिएको छ । आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा कानुन व्यवसायी सुधीर कुमार ओझाले बलिउडका चार स्टारसहित ८ जनाविरुद्ध मुद्दा हालेका छन् ।

करण जौहर, संजय लीला भन्साली, सलमान खान, एकता कपूरसमेत अन्य चारजनाविरुद्ध बिहारको मुजफ्फरपुर अदालतमा मुद्दा परेको छ । भारतीय न्युज एजेन्सी एएनआइले आइपिसीको धारा ३०६, १०९, ५०४ र ५०६ अनुसार मुद्दा परेको जनाएको छ ।

कानुन व्यवसायी सुधीर कुमार ओझाले भनेका छन्, सुशान्तसिंह राजपूतलाई पछिल्ला ७ फिल्मबाट हटाइएको थियो । उनले अभिनय गरेका केही फिल्म रिलिज भएका थिएनन् । सुशान्तलाई आत्महत्याका लागि अन्तिम कदमको रुपमा बाध्यपार्ने काम भएकाले मुद्दा दर्ता गरेको बताएका छन् ।

बलिउडमा घरानीयाका छोरा छोरी जस्ता भएपनि हिरो हिरोइन हुने तर आम मानिसले बलिउडमा राम्रो काम गर्न थालेमा सबैले बहिष्कार गर्ने परम्परा नै छ । करण जौहर सुशान्तको आत्महत्यापछि सबैभन्दा धेरै आलोचित भएका छन् ।

नायिका कंगना रनावतले सुशान्तको आत्महत्यालाई प्लाण्डमर्डर भनेर टिप्पणी गरेकी छन् । भारतमा घरानीया अभिनेताहरुको चर्को आलोचना भएको छ ।

आफ्नो परिवारको अयोग्य भएपनि योग्य ठान्ने बलिउडका नाम चलेका अभिनेता, निर्माता, अभिनेतृविरुद्ध आलोचना सुरु भएको छ । शेखर कपुरले पनि बलिउडको परम्पराले उनलाई आत्महत्याका लागि बाध्य पारेको बताएका छन् । त्यस्तै विवेक ओबरोयले पनि सुशान्तको पीडा ठूलो भएको भन्दै बलिउडका घरानियाविरुद्ध प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई