सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको सांसद गंगा चौधरी आरोप

२०७७ जेठ १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरी सद्गौवाले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले सरिता गिरीलाई संकेत गर्दै भारतले सीमा नमिचेको ठाउँ नरहेको अवस्थामा संसदमा नै भारतीय चेलिको दादागिरी चलेको आरोप लगाएकी हुन् ।

‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन,’ उनले भनिन्, ‘नेपालमाथि भारतको दादागिरी, न मिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे ।’

सांसद सरिता गिरीले भारतसँग छलफल नै नगरी एकलौटी रुपमा नक्सा सार्वजनिक गरेको भन्दै केही दिन पहिले संसद बैठकमा आपत्ति जनाएकी थिइन् ।

सांसद चौधरीले आफ्नो जमिन आफ्नो भन्‍न भूमि मिचाहा किन सोध्नुपर्यो भन्दै प्रश्‍न गरिन् । ‘भूमि मिचाहासँग छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्‍न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?,’ उनले भनिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन रअ का एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अति त्यो सपनाको योजना विरुद्धमा सम्पूर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् ।’

सांसद चौधरीले राष्ट्रियतको सवालमा अब बोलाइ र गराइ समानता कायम गर्न धेरै बोल्नेहरुलाई पनि हम्मेहम्मे पर्न थालेको बताएकी छन् । ‘मन अशुद्ध हुनेहरुको मन्तव्य, लेख र अन्र्तवार्ता पनि आम जनताले पनि स्पष्ट रुपमा पहिचान गर्न थालिसकेका छन् । विगतमा नक्कली राष्ट्रवादको खोल ओढ्नेहरुको मुकुण्डो पनि तिनलाई उचाल्नेहरुबाट नै पर्दाफास हुनेछ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल