सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलें : ज्ञानेन्द्र मल्ल

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

‘जब मैले बच्चादेखि नै क्रिकेट खेल्न सुरु गरें, मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन’–तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने–‘सानैदेखि क्रिकेट एकदमै मन पर्थ्यो । क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।’

उपकप्तान मल्लले सुरुआती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाए ।

‘आज आफू जुन स्थानमा छु, त्यो सबै सफलता क्रिकेटबाट प्राप्त गरेको हुँ’–उनले भने–‘जति दिन क्रिकेट खेल्छु, पूर्ण आत्मविश्वासका साथ खेल्छु ।’

व्यास नगरपालिकाले युवा परिषद्का सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताए ।

‘जो व्यक्तिले परिश्रम गर्छ, त्यो व्यक्ति सधैं सफल हुनेमा कुनै द्विविधा छैन’–उनले भने ।

नेपाली क्रिकेट टोलीको सवल पक्षकाबारेमा सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै मल्लले एकता नै नेपाली क्रिकेट टोलीको सवल पक्ष रहेको बताए ।

‘राष्ट्रिय टोलीको कप्तान हुन मन लाग्दैन ?’ भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भने–‘त्यस्तो भावना कहिल्यै पनि आएन । सधैं एउटालेमात्रै पद लिएर बस्ने होइन । बरु अरु साथीलाई त्यो स्थानसम्म पुर्‍याउन पाए मलाइ खुसी लाग्छ ।’

कार्यक्रममा राष्ट्रिय महिला धावक मीरा राईलेसमेत आफ्नो अनुभव सुनाएकी थिइन् ।

गरिब परिवारमा जन्मिएर पूर्वलडाकु हुँदै दौडमार्फत् नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उनको भनाइ थियो ।

परिषद्का ४० सदस्य सहभागी उक्त अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव सुनाएका थिए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अभिमुखीकरणपश्चात् नगरपालिकाका लागि जागरुक युवा तयार भएको बताए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मानन्धर युवा संघ भक्तपुरको अध्यक्षमा रामबहादुर

भक्तपुर जिल्ला लिग फुटबल सुरु

नेपाल इको प्यानल बुद्धिचालमा आशिश फुँयाल प्रथम

प्रिमियर लिगमा फर्किए यी तीन क्लब

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

कोलकोताले जित्यो आइपिएलको उपाधि

अभ्यास खेलमा नेपालले हरिकेन्सलाई २७ रनले हरायो

अन्तिम खेलमा बंगलादेश विजयी

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

भिन्सेन्ट कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक