काठमाण्डौं: कैलालीको चुरे पहाडी क्षेत्र खिमडीस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लोकेन्द्र बोहरा कार्यालयमा नै मृतावस्थामा फेला परेका छन् । प्रहरी जवान बोहरा सुतेकै ठाउँमा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।
गएराति खाना खाएर सुतेका बोहरालाई काम (डिउटी) मा खटाउनका लागि बिहान ब्युँझाउने क्रममा मृत फेला पारिएको बस्नेतले बताए ।
अछामको पायल स्थायी ठेगाना भएका २९ वर्षीय बोहरालाई ५ महिना अघि खिमडी प्रहरी कार्यालयमा खटाइएको थियो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली त्यसतर्फ गएको छ ।
