काठमाडौं . नेपाली राजनीतिका एक होनहार व्यक्तित्वको निधन भएको छ । सानै उमेरमा राजनीतिमा स्थापित हुन सफल हुनुभएको हेलिकप्टर दुर्घटना पर्यटनमन्त्रीसहित सात जनाको मृत्यु भएको छ । एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले हेलिकप्टरमा सवार ७ जनाकै शव फेला परेको पुष्टि गरेका हो । दुर्घटनामा परेको हेलिकोप्टरका सबै भाग जलेर ध्वस्त भएको तर इन्धन भण्डार गर्ने भाग चाहिँ बाँकी रहेको प्रत्यक्षदर्शीले बताएका छन । उपप्रमुखका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाको सीमा क्षेत्रमा पर्छ । ‘हाल ताप्लेजुङमा कुहिरो लागिरहेको र पानी पनि परिरहेको भट्टराईले बताएका छन् ।
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ ।