काठमाण्डौं: चिनिया स्मार्टफोन कम्पनी साओमीको सबसिडरी कम्पनि पोकोले पोको एफ-१ पछि भारतीय बजारमा पोको एक्स २ सार्वजनिक गरेको छ ।
पछिल्लो वर्ष डिसेम्बरमा रेड्मीले सार्वजनिक गरेको के २० स्मार्टफोनलाई केही परिवर्तन गर्दै मंगलवार भारतमा पोको एक्स २ सार्वजनिक गरेको हो । भारतमा सार्वजनिक भएसँगै यस स्मार्टफोन नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने कम्पनिले जानकारी गराएको छ ।
पोको एक्स २ को सुरुसवाती मूल्य १५,९९९ भारतिय रुपैयाँ राखिएको छ । यो मूल्य ६ जीवी र्याम ६४ जीवी इन्टरनल स्टोरेज भेरियन्टको लागि हो । त्यस्तै ६ जीवी प्लस १२८ जीवी भेरियन्टका लागि १६,९९९ भारतिय रुपैयाँ तोकिएको छ ।
तेसैगरी ८ जीवी प्लस २५६ जीवी भेरियन्टका लागि १९,९९९ भारतिय रुपैयाँ तोकिएको छ । यस स्मार्टफोनको विक्री–वितरण ११ फेब्रुअरीबाट सुरु गरिने कम्पनिले जानकारी गराएको छ ।
पोको एक्स २ मा ६.६७ इञ्चको फुल एचडी प्लस डिस्प्ले, एचडीआर १० माथि Cornig Gorilla Glass 5 को प्रोटेक्शन छ ।
पोको एक्स २ मा एन्ड्रोइड १० बेस्ड शाओमीको कस्टम युजर इन्टरफेस MIUI 11 दिइएको छ । पोको एक्स २ स्मार्टफोन Qualcomm Snapdragon 730G मा आधारित यो फोनमा Adreno 618 को ग्राफिक्स दिइएको छ ।
फोटोग्राफीको लागि चार रियर क्यामेरा दिइएको छ । प्राइमरी लेन्स ६४ मेगापिक्सल, दोस्रो ८ मेगापिक्सल र तेस्रो दुई मेगापिक्सलको दिइएको छ । सेल्फीको लागि २० मेगापिक्सल र दोस्रो २ मेगापिक्सलको क्यामरा दिइएको छ ।
यस स्मार्टफोनमा साइड माउन्टेन फिङ्गरप्रिन्ट स्केनर रहेको फोनमा २७ वाटको फास्ट चार्जिङ सपोर्ट सहित 4,500mAh को व्याट्रि दिइएको छ ।
